सालपा विकास बैंकले आज मङ्सिर २५ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी १ लाख ७२ हजार ३८८ कित्ता सेयर निष्काशन गरेको हो।
वैदेशिक रोजगार श्रेणीका लगानीकर्ताले मङ्सिर २९ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन प्रक्रियाअनुसार न्युनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म गर्न सकिन्छ। यस आईपीओको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहनेछ।
वैदेशिक रोजगारीका लागि छुट्याइएको सेयरको बाँडफाँडपछि बैंकले सर्वसाधारणका लागि पनि आईपीओ निष्काशन गर्नेछ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई मङ्सिर ८ गते आईपीओ निष्काशनको अनुमति दिएको थियो। प्राप्त अनुमतिअनुसार कम्पनीले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरका १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्काशन गर्नेछ। बैंकले यसका लागि गत वैशाख २३ गते बोर्डमा अनुमति माग्दै आवेदन दर्ता गरेको थियो।




















प्रतिकृया