सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरका १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्काशन गर्ने स्वीकृति पाएको छ।
कुल निष्काशनमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा विदेशमा श्रम स्वीकृति लिएर काम गरिरहेका नेपालीहरूका लागि छुट्याइएको छ।
यस आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा अवधि पुस १० गतेसम्म लम्बिनेछ। विदेशमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई IRN Single B रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिमको सङ्केत गर्दछ।
आईपीओको विक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदकहरूले आस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी सि–आस्बा मार्फत आवेदन दिन सक्नेछन्।








![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)






![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया