सरकारका कार्यहरूमा एकजुट भएर अघि बढ्ने सत्तारुढ दलको निर्णय

सरकारका कार्यहरूमा एकजुट भएर अघि बढ्ने सत्तारुढ दलको निर्णय

सत्तारुढ दलहरुले संसदका काम कारबाही र सरकारका सकारात्मक कार्यहरूको बारेमा एकजुट भएर अघि बढ्ने निर्णय गरेका छन्।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकपछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले उक्त निष्कर्ष सार्वजनिक गरे।

उनले बैठकको निर्णयलाई औंल्याउँदै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने कि, सत्तारुढ दलहरु संसदको काम कारबाहीमा एकताबद्ध भएर सशक्त रूपमा सरकारका सकारात्मक कार्यहरूको समर्थन गर्दै अघि बढ्नेछन्।

अध्यादेशको विषयमा सोधिएको प्रश्नमा उनले विधेयक र अध्यादेशको भिन्नता स्पष्ट गर्दै, संसदमा पेश गरिने विधेयकलाई यदि ठीक नलागेमा अध्यादेश फेल गर्ने अधिकार संसदमा रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स