सत्तारुढ दलका सांसदहरूले विपक्षी दलको असहयोगका बाबजुद संसद्को कारबाही अघि बढाउने बताएका छन्। आइतबार सभामुख देवराज घिमिरेद्वारा बोलाइएको प्रमुख सचेतकहरूको बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद् सञ्चालनमा प्रतिपक्षी सकारात्मक नरहे पनि प्रक्रिया अघि बढ्ने बताए।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि यसपटक सूचना टाँस गरेर बैठक स्थगित नगर्ने बताए। यद्यपि बैठक तय समय दिउँसो १ बजे सुरु हुन सकेको छैन। गृहमन्त्री रमेश लम्सालको भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै प्रतिपक्षीले संसद् अवरुद्ध गर्दै आएको छ, जसका कारण बजेटमाथिको छलफलसमेत प्रभावित भएको छ।















प्रतिकृया