सत्तारुढ दलहरूको भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १३ गते
सत्तारुढ दलहरूको भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय

सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेका छन्। बुधबार बालुवाटारमा बसेको बैठकपछि नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कानूनी व्यवस्थाअनुसार चैत्र १८ गतेभित्र प्रमाणीकरण हुन नसक्ने भएकाले अध्यादेश फिर्ता लिने निर्णय गरिएको जानकारी दिए।

बैठकमा भूमि सम्बन्धी अध्यादेशलाई नियमित विधेयकका रूपमा संसदमा लैजाने सहमति भएको छ। प्रमुख सचेतक घिमिरेका अनुसार अध्यादेशकै रूपमा प्रतिस्थापन विधेयक ल्याउन नसकिने अवस्थाका कारण अब यो विषय नियमित विधेयकमार्फत अघि बढाइनेछ।

विधेयक संसदमा प्रस्तुत गर्दा सत्तारुढ दलहरूको मागलाई समेत सम्बोधन गरिने उल्लेख गर्दै घिमिरेले यस विषयमा सहमति कायम गरेर अघि बढ्ने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स