सेनासँगको विवादपछि आलोचित बनेका रास्वपा सांसद पाण्डेले दिए स्पष्टीकरण

सेनासँगको विवादपछि आलोचित बनेका रास्वपा सांसद पाण्डेले दिए स्पष्टीकरण
Advertisement Ads

काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी बस स्ट्यान्डदेखि देशे जाने सडक विस्तारका क्रममा नेपाली सेनासँग केही समयका लागि असहज अवस्था सिर्जना भएको भए पनि आपसी समन्वयपछि नेपाली सेनाकै सहयोगमा काम सफलतापूर्वक सम्पन्न भएको स्पष्ट पारेका छन्।

सांसद पाण्डेले आइतबार जारी गरेको स्पष्टिकरणमा नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक चौडा गर्न पर्खाल हटाउने क्रममा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।

स्पष्टिकरणमा सम्बन्धित नेपाली सेनाको टुकुडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा असहज अवस्था सिर्जना भएको जनाइएको छ। त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग आपसी समन्वय र छलफल भएपछि नेपाली सेनाकै पूर्ण सहयोग र सहकार्यमा सडक विस्तारको कार्य सम्पन्न गरिएको उनले उल्लेख गरेका छन्।

उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति तथा पूर्वाधार विकास मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको पनि स्पष्टिकरणमा उल्लेख छ।

सांसद पाण्डेले नेपाली सेना राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद्का चुनौतीपूर्ण परिस्थितिमा अग्रपङ्क्तिमा रही अतुलनीय योगदान पुर्‍याउँदै आएको संस्था भएको उल्लेख गर्दै नेपाली सेनाको गौरवशाली इतिहास, अनुशासन, राष्ट्रप्रतिको समर्पण र नागरिक सर्वोच्चताको सम्मानप्रति आफूले उच्च सम्मान व्यक्त गरेका छन्।

साथै, वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाबीच अनावश्यक विवाद सिर्जना गर्ने वा तथ्यविपरीत निष्कर्ष प्रस्तुत नगर्न सबैसँग संयमता अपनाउन उनले आग्रह गरेका छन्। राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेना लगायत सबै राज्य संयन्त्रसँग सहकार्य, आपसी सम्मान र समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

763101065 1425815086270127 8007007091866432804 n https://bajarkochirfar.com/rsp-mp-pandey-who-was-criticized-after-the-dispute-with-the-army-gave-an-explanation | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स