राष्ट्र बैंकको सञ्चालक समिति ७ सदस्यीय नै रहने, १ जना महिला अनिवार्य

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १९ गते
राष्ट्र बैंकको सञ्चालक समिति ७ सदस्यीय नै रहने, १ जना महिला अनिवार्य
File Photo
AdvertisementAds

 प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति हालकै जस्तै सात सदस्यीय राख्ने सहमति गरेको छ। साथै, समितिमा कम्तीमा एक महिला सदस्य अनिवार्य रहने व्यवस्था गर्ने विषयमा पनि सहमति जुटेको छ।

मंगलबार नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा प्रारम्भिक रूपमा प्रस्ताव गरिएको नौ सदस्यीय सञ्चालक समितिको व्यवस्था संशोधन गर्दै पूर्ववत् सात सदस्यीय संरचना कायम गर्ने सहमति भएको हो।

सहमतिअनुसार राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर रहने हालको व्यवस्था यथावत् रहनेछ। साथै, अर्थ सचिव सञ्चालक समितिको सदस्य रहने प्रावधान पनि कायम गरिएको छ।

त्यस्तै, सञ्चालक समितिमा रहने तीन जना स्वतन्त्र सञ्चालकमध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। समितिले यी प्रावधानले सञ्चालक समितिलाई थप समावेशी र व्यावसायिक बनाउने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स