ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहाको लहान नगरपालिका क्षेत्रमा रहेका आफ्ना दुई शाखा कार्यालय समायोजन गर्ने भएको छ। बैंकले लहान घण्टाघर चोक शाखालाई लहान शाखामा समायोजन गरी साउन १८ गतेदेखि एकीकृत रूपमा बैंकिङ सेवा सञ्चालन गर्ने जनाएको छ।
बैंकले जारी गरेको सूचनाअनुसार हाल लहान घण्टाघर चोक शाखाबाट सेवा लिइरहेका ग्राहकले समायोजनपछि लहान शाखामार्फत सबै बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्। यी दुई शाखाबीचको दूरी करिब १ किलोमिटर रहेको बैंकले जनाएको छ।

प्रतिकृया