प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी शनिबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको छ। रास्वपा प्रवक्ता मनिष झाले बैठक संघीय संसद भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्ने जानकारी दिएका छन्।
उक्त बैठकमा भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला घटनाक्रमबारे विस्तृत छलफल हुने बताइएको छ।
शनिबार नै प्रतिनिधि सभा बैठक बस्न लागेको हुँदा संसद बैठकअघि नै रास्वपाका सांसदहरू रणनीतिक छलफलमा जुट्न लागेका हुन्।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै र गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै रास्वपाले निरन्तर रूपमा संसदमा विरोध जनाउँदै आएको छ। यस क्रममा उसले वेल घेर्ने, नाराबाजी गर्ने र संसद बहिष्कारसमेत गर्ने जस्ता कदम चालेको छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया