राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरण छानबिन गर्न गठन गरिएको पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वको उच्चस्तरीय समिति अस्वीकार गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रमेश लेखकले समितिको गठन र कार्यादेशबारे जानकारी गराएपछि, रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले उक्त समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै अस्वीकार गर्ने घोषणा गरे।
वाग्लेले आरोपित व्यक्तिले नै छानबिन अधिकृत छान्ने व्यवस्था स्वीकार्य नहुने बताउँदै, छानबिन आयोग ऐनअनुसार बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा नयाँ समिति गठन गर्न माग गरे।
“हामी नयाँ हौं, तर बेवकूफ होइनौं। यसरी गोजीबाट मान्छे टिपेर ल्याउने अभ्यास अन्त्य हुनुपर्छ,” उनले भने।



















![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-150x150.jpg)

प्रतिकृया