insta insta

दोस्रो त्रैमासमा घट्यो आरएसडिसी लघुवित्तको नाफा, अन्य सूचकहरु कस्ता?

दोस्रो त्रैमासमा घट्यो आरएसडिसी लघुवित्तको नाफा, अन्य सूचकहरु कस्ता?
Advertisement Ads

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार, कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्तले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६ करोड ९३ लाख रुपैयाँभन्दा ३६.२५ प्रतिशत कम हो।

यस त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ८.११ प्रतिशतले घटेको छ भने फि तथा कमिशन आम्दानीमा ७४.९१ प्रतिशतले कमी आएको छ। साथै, कुल सञ्चालन आम्दानी १२.२७ प्रतिशतले घट्दा सञ्चालन मुनाफा ३४.६८ प्रतिशतले कमी आएको देखिएको छ।

यस अवधिमा खराब कर्जा पनि १.८२ प्रतिशतबाट बढेर २.७१ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्नासाथ कम्पनीको इम्पेरमेन्ट चार्ज पनि उल्लेख्य रूपमा वृद्धि भएर ४१ लाख रुपैयाँबाट २ करोड ६० लाख रुपैयाँ पुगेको छ। खुद ब्याज आम्दानी घट्नु र खराब कर्जा बढ्नाले कम्पनीको नाफामा गिरावट देखिएको हो। आरएसडिसी लघुवित्तको जगेडा कोषमा ३० करोड ४९ लाख रुपैयाँ सञ्चित रहेको छ।

पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ३ करोड ६७ लाख रुपैयाँ मात्र रहेको छ। नाफामा आएको यो गिरावटले कम्पनीको प्रतिसेयर आम्दानी पनि प्रभावित भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा घटेर ९ रुपैयाँ ३६ पैसामा आएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा पुगेको छ।

Bulk 1 report master bannkkk https://bajarkochirfar.com/rsdc-microfinances-profit-decreased-in-the-second-quarter-what-are-the-other-indicators | %tags

यो पनि पढ्नुहोस् 

सञ्चालन नाफा बढेसंगै गुराँस लघुवित्तको नाफा दोब्बर, कस्ता छन् अन्य सूचक ?

https://bajarkochirfar.com/gurans-microfinances-profit-doubles-along-with-operating-profit-growth-what-are-the-other-indicators

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स