राप्रपाका कमल थापा भन्छन्, “बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो”

राप्रपाका कमल थापा भन्छन्, “बालेन सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारप्रति आपत्ति व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत् थापाले बालेन सरकारलाई “निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको” टिप्पणी गर्दै वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुन नहुने बताएका छन्।

थापाले भनेका छन्, “सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको बालेन सरकार अहिले निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लागेको देखिन्छ। वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु हुँदैन। वास्तवमा, सुशासन र समृद्धिका लागि कानुनी राज्यको पालना, आपसी मेलमिलाप र एकता नै पहिलो सर्त हुन्।”

Screenshot 2026 03 28 075206 https://bajarkochirfar.com/rpps-kamal-thapa-says-the-balen-government-has-embarked-on-the-path-of-prohibition-retaliation-and-prejudice | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स