चैत १२ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रिज लाइन इजर्नी लिमिटेडको पहिलो शेयर कारोबार स्पेशल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३० रुपैयाँमा भएको छ। तर उक्त मूल्य नेप्सेले निर्धारण गरेको ओपनिङ्ग रेञ्जभन्दा बाहिर परेपछि कम्पनीको सेयर कारोबार तत्कालका लागि स्थगित (सस्पेन्ड) गरिएको छ।
कम्पनीको सेयर चैत ११ गते बुधबार नेप्सेमा सूचीकृत भएको थियो। सोहीअनुसार आज स्पेशल प्रि–ओपन सेसनमार्फत पहिलो कारोबार खुलाइएको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज तोकेको थियो।
तर स्पेशल प्रि–ओपन सेसनमा शेयर मूल्य उक्त रेञ्जभन्दा निकै तल ३० रुपैयाँमै कारोबार भएको देखिएपछि नेप्सेले कारोबार रोकिएको जनाएको छ।नेप्सेका अनुसार प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान गर्ने कार्य भइरहेको छ र समस्या समाधान भएपछि आजै कारोबार पुनः सञ्चालनमा ल्याउन सकिने जानकारी दिइएको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया