रिज लाइन इनर्जी लिमिटेडले आज पुस १३ गतेदेखि पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले आयोजना प्रभावित गोरखा र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ११ लाख ८५ हजार कित्ता सेयर निष्काशन गरेको छ। यस अन्तर्गत गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सबै वडाका स्थानीय, लमजुङ जिल्लाको दुधपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३, तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का स्थानीयले आवेदन दिन सक्नेछन्। स्थानीयतर्फ आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। यस समूहका लागि आवेदन दिने अवधि छिटोमा पुस २८ गतेसम्म तोकिएको छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १२ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यसैगरी, कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ लाख ४२ हजार २०० कित्ता सेयर निष्काशन गरेको छ। यस समूहमा पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन दिने अन्तिम म्याद पुस १७ गते तोकिएको छ।
पहिलो चरणको आईपीओ निष्काशन सम्पन्न भएपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने जनाएको छ। उक्त सेयर निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल, कमलादी र प्रभु बैंकको छेपेटार तथा पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, प्रभु क्यापिटलको अनलाइन पोर्टल मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन फारामका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु मार्फत C-ASBA प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।




















प्रतिकृया