रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज बिहीबार हुँदैछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले बिहान ९ बजे सेयर बाँडफाँड गर्ने जनाएको छ।
कम्पनीले माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता साधारण सेयर निष्काशन गरेको थियो।
यसअघि नै कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँड सम्पन्न गरिसकेको छ।

















प्रतिकृया