आर्थिक वर्ष २०८१/८२ मा नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.२ प्रतिशतले बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष रेमिट्यान्स १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष यो वृद्धि १६.५ प्रतिशत थियो।
२०८२ असार महिनामा मात्रै रेमिट्यान्स १८९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यो रकम ११७ अर्ब ७८ करोड रुपैयाँ थियो। अमेरिकी डलरमा पनि विप्रेषण १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड डलर पुगेको छ, जुन अघिल्लो वर्ष १४.५ प्रतिशतले बढेको थियो।
समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड थियो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ। अघिल्लो वर्ष यी संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ थिए।
















प्रतिकृया