रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आज पुस ७ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले कुल जारी हुने सेयरमध्ये ५७ हजार ७९८ कित्ता सेयर आफ्ना कर्मचारीका लागि सुरक्षित गरी बाँकी ९ लाख २४ हजार ७६८ कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री खुला गर्नेछ। बुक बिल्डिङ विधिबाट निष्काशन हुन लागेको यस आईपीओमा प्रतिकित्ता मूल्य ८२० रुपैयाँ ८० पैसा तोकिएको छ।
आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यदि तपाईले न्यूनतम ५० कित्ता मात्रै भर्न चाहनुहुन्छ भने पनि ४१ हजार ४० रुपयाँको जोहो गर्नुपर्ने हुन्छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखा कार्यालयमार्फत वा सीडीएससीको ‘मेरो सेयर’ प्रणालीबाट आवेदन दिन सकिनेछ।
आईपीओको बिक्री छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बैंकिङ समयपछि बन्द हुनेछ। यस आईपीओको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
सेयर निष्काशन प्रयोजनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस (CARE-NP A–) इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै र सुरक्षित रूपमा पूरा गर्न पर्याप्त क्षमता रहेको संकेत गर्दछ।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया