रिलाइन्स फाइनान्सले लाभांश वितरण नगर्ने, बनायो सेयरधनीको हात खाली
रिलाइन्स फाइनान्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो, जसले गर्दा यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
त्यस्तै, बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।