रुपन्देही जिल्ला अदालतमा रविको बयान सकियो, थुनछेक बहसको निर्णय कहिले ?

रुपन्देही जिल्ला अदालतमा रविको बयान सकियो, थुनछेक बहसको निर्णय कहिले ?
File Photo
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान रुपन्देही जिल्ला अदालतमा सकिएको छ। न्यायाधीश पल्हादकुमार योगीको इजलासमा लामिछानेले बयान दिएका हुन्। आज बयान मात्र समाप्त भएको कारण थुनछेक बहस आजका लागि नहुने भएको छ।

लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा बयान भएको हो। बुटवलस्थित सुप्रिम सहकारीको बचत ठगीको आरोपमा आइतबार पूरक अभियोग दर्ता गरिएको थियो। लामिछानेसँगै छविलाल जोशी, जीबी राई लगायत १४ जना नयाँ अभियुक्त र २८ जना अघिका अभियुक्त मिलेर ४२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।

लामिछाने बयान दिनका लागि मंगलबार भैरहवा आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स