insta insta

श्रममन्त्री साहलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई रविको सिफारिस

श्रममन्त्री साहलाई पदबाट हटाउन प्रधानमन्त्रीलाई रविको सिफारिस
Advertisement Ads

पार्टी अनुशासनविपरीत काम गरेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट हटाउन रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह समक्ष आग्रह गरेका छन्।

केन्द्रीय अनुशासन आयोगले मन्त्री साहले पार्टी अनुशासन र आचारसंहिताविपरीत आफ्नो श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा मनोनयन गरेको निष्कर्ष निकालेको थियो। आयोगको सिफारिसका आधारमा सभापति लामिछानेले मन्त्री साहविरुद्ध कारबाहीको सिफारिस प्रधानमन्त्री शाह समक्ष प्रस्तुत गरेका हुन्।

सभापति लामिछानेका अनुसार, “श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले मन्त्री पदमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा आफ्नो श्रीमतीलाई नियमित गराउने कार्य गरेका छन्। यसबाट पार्टीको छवि, आदर्श, सिद्धान्त र मर्यादामाथि आँच पुग्ने देखिएको छ। आयोगले आवश्यक कारवाहीको लागि २०८२ चैत्र २५ गते पत्र पठाएको थियो।”

लामिछानेले आफ्नो सिफारिस पत्रमा रास्वपाको पार्टी विधानको धारा २५(४)(क) अनुसार पार्टी सभापतिलाई पार्टीको आदर्श, सिद्धान्त र मर्यादामाथि आँच नपुग्ने सुनिश्चित गर्ने जिम्मेवारी रहेको र धारा ६९ अनुसार पदको दुरुपयोग भएमा जिम्मेवारीबाट फिर्ता बोलाउन सकिने व्यवस्था रहेको पनि उल्लेख गरेका छन्।

साथै, यस्ता गम्भीर विषयमा आफ्नो जिम्मेवारीप्रति उदासीनता देखिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई पनि सचेत गराउन लामिछानेले आग्रह गरेका छन्।

rabi lamichhane 0942026114709 1000x0 1 e1775728757646 https://bajarkochirfar.com/ravi-recommends-to-the-prime-minister-to-remove-labor-minister-sah-from-his-post | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स