कारागार चलान हुनुअघि रवि लामिछानेले दिए यस्तो चेतावनी

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २५ गते
कारागार चलान हुनुअघि रवि लामिछानेले दिए यस्तो चेतावनी
File Photo
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्ने जनाउँदै कानूनले दिएको अधिकार प्रयोग गर्ने बताएका छन्। आज कारागार चलान हुनुअघि उनले तल्लो अदालतको आदेशविरुद्ध उच्च अदालतमा जाने संकेत गरेका छन्। रविले न्यायको मन्दिरबाट अन्याय नहुनेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गर्दै, उठेका तथा उठाइएका विभिन्न आशंकाहरू गलत सावित हुने दाबी गरे।

पार्टीका नेता तथा कार्यकर्तालाई उनले एक ढिक्का भएर अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्। रविले भने, “सक्नुहुन्छ भने अभियान बढाउनुस्, नसके पनि नघटाउनुस्, जनताको बीचमा अभियान पुर्याउनुस्।” उनले आफूमाथि राजनीतिक प्रतिशोध भएको गुनासो पनि गरेका छन्। रविको भनाइ थियो, “पालो सबैको आउँछ। यो परीक्षाको पहिलो विद्यार्थी म भएँ। मैले जसरी जाँच दिएँ, अरूले पनि दिनुपर्नेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स