माधव नेपाललाई मरेको सिनो भनेपछि रामकुमारी झाँकीलाई सोधियो स्पष्टीकरण

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १८ गते
माधव नेपाललाई मरेको सिनो भनेपछि रामकुमारी झाँकीलाई सोधियो स्पष्टीकरण

नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी स्थायी समिति सदस्य रामकुमारी झाँकीलाई अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिव्यक्तिपछि तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

झाक्रीले असार १५ गते बुटवलमा आयोजित युवा संघको प्रशिक्षणमा अध्यक्षमाथि टिप्पणी गर्दै “काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन” भनेकी थिइन्। अध्यक्ष नेपाल पतञ्जली जग्गा प्रकरणमा मुछिएका थिए र विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

भ्रष्टाचार मुद्दामा नाम जोडिएपछि झाँकीको टिप्पणीलाई लिएर पार्टी अनुशासन आयोगले छानबिन अघि बढाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स