रामकुमारी झाँक्रीले भनिन्, “काँधमा सिनो बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौँ”



नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाँक्रीले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने माग गरेकी छन्।

शनिबार लुम्बिनी प्रदेशमा आयोजित युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै झाक्रीले पार्टीमा संवैधानिक संकट आएको र त्यसका कारण नेतृत्व फेर्न आवश्यक रहेको बताइन्। उनले भनिन्, “पार्टीमा संकट छ, अध्यक्षकै बारेमा समस्या आयो। अब के गर्ने? पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्नु पर्छ। संकट आएर भाग्नु हुँदैन।”


Advertisement

झाँक्रीले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर “कानुनी र संवैधानिक रुपमा समस्या परेको अध्यक्षलाई काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने” पनि बताइन्। उनले नयाँ नेतृत्वको सुरुवात अर्ली महाधिवेशनमार्फतै सम्भव हुने धारणा राखिन्।

उनले भने, “टीका लगाएर बनेको केन्द्रीय समिति हुँदै पार्टी नबन्ने, बरु विघटन हुने अवस्था छ।”

यसअघि अध्यक्ष माधव नेपालमाथि पतञ्जलीको जग्गा प्रकरणमा भ्रष्टाचार आरोप लागेको छ। विशेष अदालतले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएपछि नेपाल सांसद पदबाट पनि निलम्बित छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर