राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सहकारी ठगी आरोपित रवि लामिछानेलाई साधारण तारेखमा रिहा गर्न माग गरिएको छ। काठमाडौं जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसका क्रममा वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तले लामिछानेलाई रिहा गर्न माग गरेका हुन्।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेका तर्फबाट पन्तले बहस गर्दै उनका विरुद्ध मुद्दाको ठोस आधार नरहेको दाबी गरे। उनले भने, “वादी नेपाल सरकारले बाँकी चार मुद्दामा छुट दिएर परिवारको जिम्मा लगाएर तारेखमा छोड्नुपर्छ।” पन्तले यसअघि कास्की जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको उदाहरण प्रस्तुत गर्दै काठमाडौंबाट पनि उनलाई परिवारको जिम्मामा रिहा गर्नुपर्ने तर्क गरे।
लामिछानेका तर्फबाट अब अधिवक्ता रमन श्रेष्ठले बहस गर्नेछन्। त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। यी सबै प्रक्रिया सम्पन्न भएपछि अदालतले लामिछानेलाई साधारण तारेख, धरौटीमा रिहा, वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये एक निर्णय गर्नेछ।


















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया