राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवलको सुप्रिम सहकारी अपचलन मुद्दामा अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन्। बुद्ध एयरको विमानमार्फत उनी दिउँसो भैरहवा पुगेका थिए।
भैरहवास्थित होटल मेरि गोल्डमा लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम राखेका छन्। रास्वपा रुपन्देहीका अध्यक्ष डा. बुद्धि प्रसाद शर्माले जानकारी दिए अनुसार, लामिछाने भैरहवामा मेरिगोल्ड होटलमा बास बस्नेछन्।
रास्वपा स्रोतका अनुसार, लामिछाने बुधबार अदालतमा हाजिर हुनेछन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रञ्जीतसिंह राठौरले यसबारे जानकारी दिएका छन्।
यसअघि, लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा कास्की जिल्ला अदालतबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। त्यसपछि काठमाडौं जिल्ला अदालतमा कालिमाटी स्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा बयान दिएका थिए, जहाँ उनले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
भैरहवामा उनीविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगीको आरोपमा मुद्दा दायर भएको छ। उनी र अन्य ४१ जना प्रतिवादीसहित सहकारी ठगी र संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको छ। लामिछानेसँग ४ करोड बढी विगो माग गरिएको छ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/SEBOMN-150x150.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया