पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा

पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
Advertisement Ads

 पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित आगामी भदौ १३ गते छैटौं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीले सभा झापाको बिर्तामोडस्थित इन्द्रेनी ब्याङ्क्वेटमा बिहान ११ बजे आयोजना गर्ने जनाएको छ।

साधारणसभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने विशेष प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।

आईपीओ निष्काशनसम्बन्धी आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन तथा त्यससम्बन्धी आवश्यक कामकारबाही गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स