पियोर इनर्जी लिमिटेडको आइपीओ भोलि वैशाख ११ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार वैशाख ११ गते बिहीबार बिहान ८ः३० बजे आइपीओ बाँडफाँट हुने भएको हो । कम्पनीले चैत २८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
आईपीओमा अन्तिम दिनसम्म १९ लाख ३६ हजार ५३ जना आवेदकले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताको लागि आवेदन दिएका थिए, जसअनुसार कुल माग १९.०२८ गुणा बढी देखिएको छ।आवेदन दिएका मध्ये करिब १ लाख १९ हजार ५२० जनाले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् भने १८ लाखभन्दा बढी आवेदकको हात रित्तो रहनेछ। यस अनुसार करिब १०० जनामध्ये ६ जनाले मात्र सेयर पाउने सम्भावना रहेको छ, जसको अनुसार पाउने सम्भावना करिब ६.१७ प्रतिशत मात्र छ।



















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)
प्रतिकृया