पियोर इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ चैत १५ गते, शुक्रबार बाँडफाँट गरेको छ।
कम्पनीले फागुन २० देखि चैत ५ गते सम्म प्रति सेयर १०० रुपैयाँ अंकित दरमा १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो।
आईपीओ निष्काशन अवधिभर योग्य आवेदन दिएका २,४५२ जना स्थानीय बासिन्दालाई १ लाख ६० हजार कित्ता तथा १४,४०० जना वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई १ लाख ४४ हजार कित्ता सेयर बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।
आईपीओ नपरेकाहरूको रकम चैत १९ गते, मंगलबारदेखि फिर्ता गरिनेछ।
पहिलो चरणको बाँडफाँट सकिएपछि कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।















प्रतिकृया