राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिलहरूले प्रतिवादीलाई थुनामा राख्नुपर्ने तर्क गर्दै बहस गरिरहेका छन्।
सरकारी वकिलहरूले लामिछानेले हस्ताक्षर गरेका चेकहरू र सङ्गठित र सहकारी ठगी मुद्दामा तीन वर्षभन्दा बढी सजायको माग भएको कुरा प्रस्तुत गर्दै, पुर्पक्षका लागि उनलाई थुनामा राख्नु आवश्यक रहेको बताएका छन्। उनीहरूले सहकारी पीडितहरूको न्यायको सुनिश्चितताका लागि पनि लामिछानेलाई थुनामै राख्नुपर्ने तर्क गरेका छन्।
सरकारी वकिल सन्तोष राज कटुवाल, राधिका सुवाल, बिना खड्का, चन्द्र सञ्जेल, र खडिन्द्रराज कटुवालले आफ्नो बहस पूरा गरिसकेका छन्। जबकि सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले वकिलले बहस गर्न बाँकी छन्।

















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया