आज देशभर सार्वजनिक बिदा

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १३ गते
आज देशभर सार्वजनिक बिदा

हिन्दु धर्मावलम्बीहरूको महान् आस्था र श्रद्धाको पर्व रामनवमीको अवसरमा सरकारले आज चैत्र १३ गते देशभर सार्वजनिक बिदा दिएको छ। यस सार्वजनिक बिदाका कारण देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने छन्।

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स