बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सरकारले आगामी जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ।
गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईद २०८३ जेठ १४ गते परेको भन्दै सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।
सार्वजनिक बिदासँगै देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था र नेपाल स्टक एक्सचेन्ज (नेप्से) समेत बन्द रहनेछन्।


प्रतिकृया