ओलीको ‘स्वेच्छाचारी शैली’ को विरोध, ५९ नेताले सामूहिक राजीनामा दिँदै भीम रावलको पार्टीमा जोडिए

ओलीको ‘स्वेच्छाचारी शैली’ को विरोध, ५९ नेताले सामूहिक राजीनामा दिँदै भीम रावलको पार्टीमा जोडिए

नेकपा एमालेका ५९ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलद्वारा नेतृत्व गरिएको मातृभूमि जागरण अभियानलाई समर्थन जनाएका छन्।

राजीनामा दिने नेता-कार्यकर्ताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा भीम रावललाई निष्कासन गर्ने निर्णयलाई स्वेच्छाचारी र निरङ्कुश भन्दै आलोचना गरेका छन्। साथै, रावलको पक्षमा उभिएकाहरूले अभियानमा सहभागी हुन अपिल गरेका छन्।

एमालेले पुस १० गते नेता रावललाई पार्टीबाट निष्कासन गरेको थियो, जसअनुसार उनी अब पार्टी सदस्यसमेत नरहने भएका छन्। त्यसपछि, रावलले आफ्नो नेतृत्वमा नयाँ दल खोल्दै देशव्यापी दौडाहमा रहेका छन्।

भीम रावलसँग जोडिएका आरोपका आधारमा एमालेले अन्य केही नेताहरूमाथि पनि कारबाही गरेको छ, जसले पार्टीभित्र थप विवाद सिर्जना गरेको छ।

1737347683 sadasya page 0001 https://bajarkochirfar.com/protesting-olis-arbitrary-style-59-leaders-resign-en-masse-and-join-bhim-rawals-party | %tags 1737347684 sadasya page 0002 https://bajarkochirfar.com/protesting-olis-arbitrary-style-59-leaders-resign-en-masse-and-join-bhim-rawals-party | %tags 1737347685 sadasya page 0003 https://bajarkochirfar.com/protesting-olis-arbitrary-style-59-leaders-resign-en-masse-and-join-bhim-rawals-party | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स