त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अर्याल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार २५ गते
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. अर्याल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. दीपक अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उनलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन भएको सिफारिस समितिले असार २३ गते प्रधानमन्त्री ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिवि विज्ञान सङ्कायका पूर्वडीन प्रा. डा. विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख डा. दीपक अर्याललाई नाम सिफारिस गरेको थियो।

यसअघि, उपकुलपति प्रा. डा. केशरजंग बरालले चैत २८ गते राजीनामा दिएका थिए जुन स्वीकृत भएसँगै चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष खड्ग केसीलाई पदपूर्ति नभएसम्मका लागि तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी दिएका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स