सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कोशी प्रदेश अन्तर्गतका धनकुटा, खोटाङ, भोजपुर, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलाम जिल्लाहरूमा लघुवित्त कार्यक्रम विस्तारका लागि केही संख्यामा कर्मचारीहरूको आवश्यकता परेको छ। संस्थाले सुपरभाइजर (वरिष्ठ सहायक), वरिष्ठ सहायक (सहायक) र कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदका लागि आवेदन आह्वान गरेको छ। आवेदक १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिलाको हकमा ४० वर्ष)। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नागरिकता, शैक्षिक योग्यताका प्रमाण पत्र, सवारी चालक अनुमति पत्र र बायोडाटा सहित २०८३ जेठ २९ गतेभित्र संस्थाको केन्द्रीय कार्यालय इटहरी वा इमेल [email protected] मार्फत आवेदन दिन सक्नेछन्। परीक्षाको किसिम लिखित तथा अन्तर्वार्ता हुनेछ र दस्तुर ५०० रुपैयाँ लाग्नेछ।
थप सुचनामा:

