instainsta

फलेवास नगरपालिकाद्वारा सर्वेक्षक पदका लागि दरखास्त आह्वान

feature 1787534252877 https://bajarkochirfar.com/government-job/phalewas-municipality-announces-vacancy-for-surveyor-position/ | %tags
Recruitment Summary
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Phalewas Municipality
◆ पद (Position / Title):Surveyor
◆ रिक्त संख्या (Vacancies):
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०५/०५
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/१९

◆ संक्षिप्त जानकारी (Summary):

फलेवास नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले सेवा करारमा सर्वेक्षक पदका लागि आवेदन माग गरेको छ।

पर्वत जिल्लास्थित फलेवास नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले सेवा करारमा कर्मचारी पदपूर्ति गर्नका लागि सूचना प्रकाशित गरेको छ। नगरपालिकाले सहायक स्तर पाँचौँ तहको सर्वेक्षक पदका लागि योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

यस पदका लागि न्यूनतम योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी. वा सो सरह उत्तीर्ण गरी सर्वे वा जियोमेटिक्स विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र सरहको डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्नेछ। अथवा विज्ञान (फिजिक्स समूह) वा भूगोल विषय लिई प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा एक वर्षको जुनियर नापी तालिम प्राप्त गरेको हुनुपर्ने प्रावधान तोकिएको छ।

उमेरको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिला उम्मेदवारको हकमा माथिल्लो उमेरको हद ४० वर्षसम्म रहने जानकारी दिइएको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रथम पटक प्रकाशित भएको मिति (२०८३/०५/०५) ले १५ दिनभित्र अर्थात् २०८३/०५/१९ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।

आवेदन फाराम, आवश्यक कागजात र विस्तृत विवरण नगरपालिकाको आधिकारिक वेबसाइट https://phalewasmun.gov.np बाट प्राप्त गर्न सकिनेछ। थप जानकारीका लागि ९८४७६३६०४० मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

थप सुचनामा:

फलेवास नगरपालिकाद्वारा सर्वेक्षक पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

स्वास्थ्य निर्देशनालय, धनकुटाद्वारा मेडिकल अधिकृत र नर्ससहित विभिन्न ८९ पदमा कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा ३६ जना स्वच्छ ऊर्जा परिचालकको माग

Deadline : Refer to Notice
View Details →

Organization

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा इन्जिनियर र अधिकृतसहित २५ जना कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा कार्यकारी निर्देशक पदका लागि पुन: दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा विभिन्न पदका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

नेपाल नेत्रज्योति संघद्वारा ७ जना सामुदायिक नेत्र तथा कान स्वास्थ्य कार्यकर्ता माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स