कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडले आफ्नो वर्तमान तथा भावी एअरबस AS350 सिरिजका हेलिकप्टर उडान भर्नका लागि योग्य नेपाली नागरिकहरूबाट विभिन्न पदमा दरखास्त आह्वान गरेको छ। कम्पनीले हेलिकप्टर पाइलट (इन्स्ट्रक्टर) ३ जना, हेलिकप्टर पाइलट (क्याप्टेन) २ जना र हेलिकप्टर को-पाइलट २ जना गरी कुल ७ जना जनशक्ति माग गरेको हो।
उक्त पदहरूका लागि आवेदन दिने उम्मेदवारहरूसँग एअरबस AS350 सिरिजको हेलिकप्टरमा ICAO वा नेपाल नागरिक उड्डयन प्राधिकरण (CAA Nepal) बाट जारी भएको मान्य ATPL/CFI/CPL (H) लाइसेन्स हुनुपर्नेछ। अन्य न्यूनतम योग्यता र अनुभव नेपाल नागरिक उड्डयन प्राधिकरणको मापदण्ड बमोजिम हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले आफ्नो बायोडाटा (CV), लाइसेन्स र आवश्यक अन्य कागजातहरू सहित विज्ञापन प्रकाशित भएको मिति (२२ अगस्ट, २०२६) ले १५ दिनभित्र कम्पनीको कार्यालयमा प्रत्यक्ष उपस्थित भई वा उपलब्ध ठेगानामा आवेदन दिन सक्नेछन्। टेलिफोन मार्फत गरिने सोधपुछलाई मान्यता नदिइने कम्पनीले स्पष्ट पारेको छ।
थप सुचनामा:

