instainsta

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

feature 1787566998803 https://bajarkochirfar.com/private-job/angel-foundation-announces-vacancies-for-medical-officers-and-facilitators-in-various-provinces/ | %tags
Recruitment Summary
CompanyPrivate Company
Official LinkVisit Website

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Angel Foundation
◆ पद (Position / Title):Medical Officer, AHW, ANM, and Training Facilitator
◆ रिक्त संख्या (Vacancies):20
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०५/०६
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/१२

◆ संक्षिप्त जानकारी (Summary):

एन्जल फाउन्डेसनले विभिन्न चारवटा पदका लागि कूल २० जना नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

समाज कल्याण परिषद् नेपालबाट सम्बन्धन प्राप्त गैर सरकारी संस्था एन्जल फाउन्डेसनले रिक्त रहेका विभिन्न प्राविधिक तथा प्रशासनिक पदहरूमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। फाउन्डेसनले ४ वटा प्रदेशमा कार्यक्षेत्र रहने गरी कूल २० जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ। सूचना अनुसार मेडिकल अधिकृत (B.A.M.S.) का लागि ५ जना, मेडिकल अधिकृत (M.B.B.S.) का लागि ५ जना, अ.हे.व. र अ.न.मी. का लागि ५ जना र तालिम सहजकर्ताका लागि ५ जनाको माग गरिएको छ।

न्यूनतम योग्यताको हकमा मेडिकल अधिकृत पदका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण भई मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। अ.हे.व. तथा अ.न.मी. का लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट TSLC उत्तीर्ण गरेको हुनुपर्ने र तालिम सहजकर्ताका लागि B.P.H. उत्तीर्ण गरी कम्तिमा २ वर्षको कार्य अनुभव भएको हुनुपर्ने उल्लेख छ। उमेरको हकमा पुरुषका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ। उमेरको गणना गर्ने अन्तिम मिति २०८३ भदौ १२ गतेलाई आधार मानिनेछ।

इच्छुक उम्मेदवारहरूले संस्थाको आधिकारिक वेबसाइट https://angelfoundation.org.np/career मार्फत अनलाइन आवेदन दिन सक्नेछन् वा संस्थाको जुनसुकै कार्यालयमा गई आवेदन फारम भर्न सक्नेछन्। आवेदन दिनका लागि कुनै शुल्क लाग्ने छैन र आवश्यक कागजातमा बायोडाटा (CV) मात्र पेश गरे पुग्नेछ। छनौट भएका उम्मेदवारहरूको अन्तर्वार्ता २०८३/०५/१३ देखि १६ गतेसम्म संस्थाको केन्द्रीय कार्यालय उर्लाबारी–७ मोरङमा हुनेछ।

थप सुचनामा:

एन्जल फाउन्डेसनद्वारा मेडिकल अधिकृत र तालिम सहजकर्तासहित विभिन्न २० पदमा कर्मचारी माग

Related Opportunities

Organization

क्वारेन्टाइन कार्यालय नेपालगञ्जद्वारा ल्याब विशेषज्ञ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

भियानेट कम्युनिकेसनद्वारा सेल्स कोअर्डिनेटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Kailash Helicopter Services Ltd.

कैलाश हेलिकप्टर सर्भिसेज लिमिटेडद्वारा पाइलट र को-पाइलट पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा ५० सहायक प्रशिक्षार्थीका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

वर्ल्डलिंकद्वारा सफ्टवेयर QA र इन्टरप्राइज सपोर्ट रिप्रिजेन्टेटिभ पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

श्री एयरलाइन्स लिमिटेडद्वारा ५ जना कल सेन्टर असिस्टेन्टको माग

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स