■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Inaruwa Municipality |
| ◆ पद (Position / Title): | AI Content Creator Trainee |
| ◆ रिक्त संख्या (Vacancies): | २० |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/०४ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/१८ |
◆ संक्षिप्त जानकारी (Summary):
इनरुवा नगरपालिकाले नगरबासीका लागि नि:शुल्क ६ दिने AI Content Creator तालिम संचालन गर्ने भएको छ।
इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले नगरका बासिन्दाहरूका लागि नि:शुल्क ‘AI Content Creator’ तालिम संचालन गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ। CTEVT बाट सम्बन्धन प्राप्त National Skill Development & Research Center (NSDRC) सँगको सहकार्यमा यो तालिम संचालन हुन लागेको हो। इच्छुक योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालयको रोजगार, सीप तथा उद्यमशीलता केन्द्र (रोजगार शाखा) मा सम्पर्क राख्नुपर्नेछ।
यस तालिमको अवधि ६ दिन (दैनिक ५ घण्टा) तोकिएको छ र जम्मा माग संख्या २० जना रहेको छ। तालिमका लागि न्यूनतम शैक्षिक योग्यता एस.ई.ई. (S.E.E) वा एस.एल.सी. उत्तीर्ण भई कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको हुनुपर्नेछ। उमेरको हकमा १६ देखि ४५ वर्ष बीचको हुनुपर्ने प्रावधान राखिएको छ।
आवेदनका लागि नागरिकताको प्रतिलिपि १ प्रति, पासपोर्ट साइजको फोटो २ प्रति र शैक्षिक योग्यता (लब्धांक र चारित्रिक) सम्बन्धी प्रतिलिपि १ प्रति आवश्यक पर्नेछ। सूचनामा उल्लेख भए अनुसार तालिम सम्पन्न भएपश्चात राम्रो प्रदर्शन गर्ने सहभागीहरूलाई रोजगारीको अवसर समेत प्रदान गरिने जनाइएको छ।
थप सुचनामा:



