■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | National Vocational Training Institute (NVTI) |
| ◆ पद (Position / Title): | Beautician, Electrician, Tailoring, Auto Mechanics |
| ◆ रिक्त संख्या (Vacancies): | 80 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३।०४।२७ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३।०५।११ |
◆ संक्षिप्त जानकारी (Summary):
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न चार विधामा ८० जनाका लागि निःशुल्क तालिमका लागि आवेदन माग गरेको छ।
नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिले आर्थिक वर्ष २०८३/८४ का लागि निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिममा सहभागी हुन आवेदन आह्वान गरेको छ। प्रतिष्ठानले ब्युटिसियन (Advance), विद्युत जडान (Advance), कटाई सिलाई (Advance) र अटो मेकानिक्स (Basic) विधामा तालिम प्रदान गर्न लागेको हो।
तालिका अनुसार ब्युटिसियन, विद्युत जडान र कटाई सिलाईको ‘एडभान्स’ तालिम १९५ घण्टा अवधिको रहनेछ भने प्रत्येक विधामा २० जना प्रशिक्षार्थी छनोट गरिनेछ। त्यसैगरी, ३९० घण्टा अवधिको अटो मेकानिक्स ‘बेसिक’ तालिमका लागि पनि २० जनाको कोटा निर्धारण गरिएको छ। एडभान्स तालिममा सहभागी हुन चाहनेले सम्बन्धित विषयमा न्यूनतम ३९० घण्टाको आधारभूत तालिम प्राप्त गरेको प्रमाणपत्र पेश गर्नुपर्नेछ। अटो मेकानिक्स बेसिक तालिमका लागि भने न्यूनतम ८ कक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
इच्छुक नेपाली नागरिकले २०८३ भदौ ११ गतेसम्म कार्यालय समयभित्र आवेदन फारम भर्न सक्नेछन्। आवेदन फारम राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैंसेपाटी, ललितपुर वा प्रतिष्ठानको आधिकारिक वेबसाइट www.navt.gov.np बाट डाउनलोड गर्न सकिनेछ। आवेदन दिने व्यक्तिको उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। अन्तरवार्ता र तालिम सुरु हुने मिति पछि तय गरिने प्रतिष्ठानले जनाएको छ।
थप सुचनामा:




