सानिमा बैंकले राख्यो संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ मात्रै

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २४ गते
सानिमा बैंकले राख्यो संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता १२५ रुपैयाँ मात्रै
AdvertisementAds

सानिमा बैंक लिमिटेडले ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक सेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागिएको हो।

बैंकले सेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकेको छ। नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार संस्थापक सेयर खरिद गर्ने पहिलो अधिकार विद्यमान संस्थापक सेयरधनीलाई हुने भएकाले हाल उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र खरिद गर्न सक्नेछन्।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स