■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Social Development Office, Lalitpur (Bagmati Province Government) |
| ◆ पद (Position / Title): | Tailoring, Beautician, and Cane & Bamboo Craft |
| ◆ रिक्त संख्या (Vacancies): | १०० जना (प्रति समूह २५ जना) |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०४/२५ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/०८ |
◆ संक्षिप्त जानकारी (Summary):
सामाजिक विकास कार्यालय ललितपुरले विभिन्न ४ विधामा ६५ कार्यदिनको नि:शुल्क सीपमूलक तालिमका लागि आवेदन माग गरेको छ।
बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय, भैंसेपाटी ललितपुरले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्यक्रम अनुसार स्थानीय नागरिकहरूलाई स्वरोजगार बनाउने उद्देश्यले नि:शुल्क सीपमूलक तालिमको सूचना प्रकाशित गरेको छ। कार्यालयले सिलाई कटाई (तह-१), व्युटिसियन (तह-१) र बेतबाँस (तह-१) विधामा कुल १०० जना प्रशिक्षार्थीहरूका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उमेर पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ भदौ ८ गतेसम्ममा तोकिएको स्थानमा आवेदन दिन सक्नेछन्।
तालिमका लागि न्यूनतम योग्यताको कुरा गर्दा सिलाई कटाई र व्युटिसियनका लागि कक्षा ८ उत्तीर्ण र बेतबाँस तालिमका लागि कक्षा ५ उत्तीर्ण हुनुपर्नेछ। आवेदकको उमेर १६ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ। प्रत्येक समूहमा २५ जना सहभागी गराइने यस ६५ कार्यदिने (३९० घण्टा) तालिममा सहभागी हुने प्रशिक्षार्थीहरूलाई खाजा खर्च बापत दैनिक रु. १०० समेत उपलब्ध गराइने सूचनामा उल्लेख छ।
आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि १ प्रति र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ४ प्रति संलग्न हुनुपर्नेछ। आवेदन फाराम तालिम सञ्चालन हुने सम्बन्धित स्थान वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। छनोट प्रक्रिया अन्तर्वार्ताको माध्यमबाट हुनेछ भने गरिब, विपन्न, दलित, पिछडिएको वर्ग, घाइते तथा सहिद परिवार र एकल महिलालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ।
थप सुचनामा:




