सामाजिक विकास कार्यालय धुलिखेलद्वारा नि:शुल्क ३ महिने सीप विकास तालिमका लागि आवेदन आह्वान

feature 1786534113122 https://bajarkochirfar.com/government-scheme/social-development-office-dhulikhel-announces-free-3-month-skill-development-training-programs/ | %tags
Scheme Details
DepartmentGovernment Body

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):Social Development Office, Kavrepalanchok
◆ पद (Position / Title):Skill Development Trainee (Beautician, Tailoring, Plumbing, Electrical)
◆ रिक्त संख्या (Vacancies):Not Specified
◆ आवेदन खुल्ने मिति (Open Date):२०८३/०४/२०
◆ आवेदन दिने अन्तिम मिति (Close Date):२०८३/०५/०३

◆ संक्षिप्त जानकारी (Summary):

बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालय, काभ्रेपलाञ्चोकले विभिन्न ४ विधामा ३ महिने नि:शुल्क सीप विकास तालिमका लागि दरखास्त आह्वान गरेको छ।

बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गतको सामाजिक विकास कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार ३ महिने (३९० कार्यघण्टा) नि:शुल्क सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। यस कार्यक्रम अन्तर्गत केश शृङ्गार तथा सौन्दर्य (बेसिक), सिलाई कटाई (बेसिक), प्लम्बिङ (बेसिक) र विद्युत जडान (बेसिक) विषयमा तालिम प्रदान गरिने सूचनामा उल्लेख छ।

तालिममा सहभागी हुन इच्छुक १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ भदौ ३ गतेसम्म आवेदन दिन सक्नेछन्। न्यूनतम शैक्षिक योग्यताको हकमा सबै विधाका लागि कक्षा ८ उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ। आवेदन फारम कार्यालयबाटै प्राप्त गर्न सकिने वा कार्यालयको वेबसाइट www.sdokavre.bagamati.gov.np बाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।

छनौट प्रक्रिया अन्तर्वार्ता मार्फत गरिनेछ, जसको मिति विषय अनुसार २०८३ भदौ ४ र ५ गतेका लागि तोकिएको छ। आवेदनका साथमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको ४ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ। गरिब, विपन्न, दलित, महिला, अपाङ्गता भएका व्यक्ति र सहिद परिवारका सदस्यहरूलाई छनौटमा प्राथमिकता दिइने कार्यालयले जनाएको छ।

थप सुचनामा:

सामाजिक विकास कार्यालय धुलिखेलद्वारा नि:शुल्क ३ महिने सीप विकास तालिमका लागि आवेदन आह्वान

Related Opportunities

Organization

मदनपोखरा बहुप्राविधिक शिक्षालयद्वारा विभिन्न ५ विषयमा निःशुल्क सीपमूलक तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानद्वारा निःशुल्क सीप अभिवृद्धि तालिमका लागि आवेदन आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

बागमती प्रदेश सरकार, सामाजिक विकास कार्यालय ललितपुरद्वारा नि:शुल्क सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

सामाजिक विकास कार्यालय, हेटौंडाले नि:शुल्क तालिमहरू दिँदै

Deadline : Refer to Notice
View Details →

सामाजिक विकास मन्त्रालय

व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीद्वारा नि:शुल्क तालिमका लागि आवेदन आह्वान

Deadline : 23 Jul, 2026
View Details →

पोखरा महानगरपालिका, व्यवसाय प्रवर्द्धन केन्द्र

पोखरा महानगरपालिकाद्वारा ६० जनाको लागि सामाजिक सञ्जाल मार्केटिङ तालिमको अवसर

Deadline : 18 Jun, 2026
View Details →
होमपेजबिज शर्ट्स