■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Aviyan Laghubitta Bittiya Sanstha Ltd. |
| ◆ पद (Position / Title): | Senior Manager, Assistant Manager, Senior Officer, Junior Officer, Supervisor, Senior Assistant, Assistant, Junior Assistant |
| ◆ रिक्त संख्या (Vacancies): | ४१ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३/०५/०९ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३/०५/२३ |
◆ संक्षिप्त जानकारी (Summary):
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि ४१ जना नयाँ कर्मचारी भर्ना गर्न आवेदन आह्वान गरेको छ।
अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको वित्तीय संस्थाका रूपमा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। २०८३ भदौ ९ गते प्रकाशित सूचना अनुसार संस्थाले कुल ४१ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारहरूले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०८३ भदौ २३ गतेसम्म संस्थाको इमेल ठेगाना [email protected] वा केन्द्रीय कार्यालय पनौतीमा आवेदन बुझाउन सक्नेछन्।
माग गरिएका पदहरूमा व्यवस्थापकीय श्रेणी अन्तर्गत वरिष्ठ प्रबन्धक/सहायक प्रबन्धक (१ जना), अधिकृत श्रेणीमा वरिष्ठ अधिकृत/कनिष्ठ अधिकृत (२ जना), र सहायक श्रेणीमा सुपरभाइजर (५ जना), वरिष्ठ सहायक (१० जना), सहायक (१२ जना) र कनिष्ठ सहायक/प्रशिक्षार्थी (११ जना) रहेका छन्। पद अनुसार न्यूनतम शैक्षिक योग्यता स्नातकोत्तर तहदेखि एसएलसी/एसईई उत्तीर्ण सम्म तोकिएको छ भने धेरैजसो पदका लागि लघुवित्त क्षेत्रमा अनुभवलाई प्राथमिकता दिइएको छ।
उमेर हदको हकमा आवेदन बुझाउने अन्तिम मितिसम्म व्यवस्थापकीय श्रेणीका लागि २१ देखि ४५ वर्ष, अधिकृत श्रेणीका लागि २१ देखि ४० वर्ष र सहायक श्रेणीका लागि १८ देखि ३५ वर्ष तोकिएको छ। महिला आवेदकको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुने प्रावधान छ। परीक्षाको किसिममा विज्ञापन नम्बर १ देखि ५ सम्मका लागि प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ भने कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि लिखित र अन्तर्वार्ता दुवै लिइनेछ। छोटो सूचीमा परेका आवेदकलाई मात्र टेलिफोनमार्फत जानकारी गराइने सूचनामा उल्लेख छ।
थप सुचनामा:



