प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीका लागि एक्चुअरी एनालिस्ट पदमा दरखास्त आह्वान गरेको छ। यस पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको र कम्तिमा ३ वटा एक्चुअरी प्रोफेशनल परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
साथै नेपाली बीमा क्षेत्र वा एक्चुअरी परामर्श संस्थामा कम्तिमा ३ महिनाको कार्य अनुभव हुनुपर्नेछ। उम्मेदवारमा एमएस वर्ड, एक्सेल र पावरपोइन्टको एडभान्स ज्ञानका साथै अंग्रेजी र नेपाली भाषामा उत्कृष्ट सञ्चार सीप हुनु आवश्यक छ। इच्छुक व्यक्तिहरूले आफ्नो अद्यावधिक गरिएको बायोडाटा, भर्खरै खिचिएको फोटो र कभरिङ लेटर चैत्र ३०, २०८२ भित्र [email protected] मा पठाउनु पर्नेछ।
थप सुचनामा:

