एनएमबि बैंकको सहायक कम्पनीको रूपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले खुला प्रतिस्पर्धाद्वारा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले वित्त व्यवस्थापन/आन्तरिक लेखा परीक्षणमा अधिकृत, सूचना प्रविधिमा अधिकृत/सहायक, कृषि प्राविधिकमा सहायक, शाखा प्रमुख/फिल्ड सहायक र सहायक प्रशिक्षार्थी पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (२०८३/०१/०७ सम्म) संस्थाको वेबसाइट www.nmbmicrofinance.com मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदकको उमेर अधिकृत तहका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र सहायक तहका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ (महिलाको हकमा ५ वर्ष थप)। लिखित तथा अन्तर्वार्ताको माध्यमबाट छनोट गरिने यस प्रक्रियामा सवारी चालक अनुमतिपत्र भएका र कम्प्युटरमा दक्ष उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
थप सुचनामा:

