लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विभिन्न शाखा कार्यालयहरूका लागि कनिष्ठ सहायक (प्रशिक्षार्थी) पदमा केही कर्मचारीहरू नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। यस पदका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट १०+२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ। १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको (महिलाको हकमा ३५ वर्ष) नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। छनौट प्रक्रियामा लिखित परीक्षा, फिल्ड अवधारणा र अन्तर्वार्ता समावेश हुनेछ। इच्छुक आवेदकले संस्थाको वेबसाइटमार्फत अनलाइन फारम भर्नुपर्नेछ र ५०० रुपैयाँ परीक्षा दस्तुर लक्ष्मी सनराइज बैंकको तोकिएको खातामा जम्मा गर्नुपर्नेछ। आवेदन दिने अन्तिम मिति २०८१ जेठ २७ गते कार्यालय समयसम्म रहेको छ।
थप सुचनामा:

