■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Himalayan Life Insurance Company Limited |
| ◆ पद (Position / Title): | Chief Executive Officer (CEO) |
| ◆ रिक्त संख्या (Vacancies): | 1 |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | 26th August 2026 |
◆ संक्षिप्त जानकारी (Summary):
हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि अनुभवी पेशेवरहरूबाट आवेदन माग गरेको छ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको नेतृत्वदायी भूमिका सम्हाल्नका लागि प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा दरखास्त आह्वान गरेको छ। इच्छुक तथा योग्य नेपाली नागरिकहरूले २०८३ भदौ १० गते (26th August 2026) भित्र आवेदन दिन सक्नेछन्। छनौट भएका उम्मेदवारले कम्पनीको रणनीतिक निर्देशन, व्यावसायिक वृद्धि र संस्थागत सुशासनको नेतृत्व गर्नुपर्नेछ।
योग्यताको हकमा, आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्य शास्त्र, अर्थशास्त्र, वित्त वा बीमा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ, वा चार्टर्ड एकाउन्टेन्ट (CA) उत्तीर्ण गरेको हुनुपर्नेछ। अनुभवको हकमा, बीमा क्षेत्रमा पर्याप्त अनुभव सहित जीवन बीमा कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (DCEO) वा प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा कम्तीमा ५ वर्षको कार्य अनुभव हुनु अनिवार्य गरिएको छ। उम्मेदवारले प्रचलित बीमा ऐन तथा नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिमका ‘फिट एण्ड प्रपर’ मापदण्डहरू पुरा गरेको हुनुपर्नेछ।
आवेदन प्रक्रियाका लागि इच्छुक व्यक्तिहरूले आफ्नो आवेदन पत्र (Cover Letter), अद्यावधिक गरिएको वैयक्तिक विवरण (CV), शैक्षिक तथा अनुभवका प्रमाणपत्रहरू र हिमालयन लाइफ इन्स्योरेन्सको लागि विस्तृत व्यावसायिक योजना (Business Plan) सहित [email protected] मा इमेल गर्नुपर्नेछ। व्यावसायिक योजनामा कम्पनीको रणनीतिक भिजन, व्यावसायिक प्राथमिकता, बिक्री रणनीति र आगामी रोडम्याप स्पष्ट रूपमा समावेश हुनुपर्ने सूचनामा उल्लेख छ। छोटो सूचीमा परेका उम्मेदवारहरूलाई मात्र थप मूल्यांकन र अन्तर्वार्ताका लागि बोलाइनेछ।
थप सुचनामा:


