■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Khudi Hydropower Limited |
| ◆ पद (Position / Title): | Power House Operator (Electrical/ Mechanical) |
| ◆ रिक्त संख्या (Vacancies): | Few Numbers |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | २०८३।०५।०३ |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | २०८३।०५।१३ |
◆ संक्षिप्त जानकारी (Summary):
लमजुङस्थित खुदी जलविद्युत केन्द्रका लागि केही संख्यामा प्राविधिक कर्मचारीहरूको आवश्यकता परेको छ।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका सिम्पानीमा सञ्चालनमा रहेको खुदी जलविद्युत केन्द्रका लागि केही संख्यामा प्राविधिक तथा दक्ष कामदारहरूको आवश्यकता परेको छ। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन अनुरोध गरिएको छ।
माग गरिएको पावर हाउस अपरेटर (इलेक्ट्रिकल/ मेकानिकल) पदका लागि उम्मेदवारले इलेक्ट्रिकल वा मेकानिकल विषयमा सब ओभरसियर उत्तीर्ण गरेको हुनुपर्नेछ। यसका साथै सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको कार्यअनुभव अनिवार्य गरिएको छ। छनोट भएका कर्मचारीहरूले आयोजना स्थलमै रहेर कार्य गर्नुपर्नेछ भने पदको किसिम करार रहनेछ।
सेवा सुविधा र तलब स्केल आपसी समझदारीमा तय गरिने विज्ञापनमा उल्लेख छ। इच्छुक आवेदकले आफ्नो व्यक्तिगत विवरण र सम्बन्धित कागजातहरू खुदी हाइड्रोपावर लिमिटेडको बुद्धनगर काठमाडौँस्थित कार्यालय, खुदी जलविद्युत केन्द्र सिम्पानी वा इमेल [email protected] मार्फत बुझाउन सक्नेछन्।
थप सुचनामा:


