■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)
| ◆ कम्पनीको नाम (Company Name): | Hilltop Junar Multipurpose Cooperative Ltd. |
| ◆ पद (Position / Title): | Manager, Officer, Senior Assistant, Assistant, Security Guard, Office Helper |
| ◆ रिक्त संख्या (Vacancies): | १३ |
| ◆ आवेदन खुल्ने मिति (Open Date): | Immediate |
| ◆ आवेदन दिने अन्तिम मिति (Close Date): | ७ दिनभित्र |
◆ संक्षिप्त जानकारी (Summary):
काठमाडौँको तिनकुनेमा रहेको हिलटप जुनार बहुउदेश्यीय सहकारी संस्थाले विभिन्न ६ विधाका पदहरुमा कर्मचारी माग गरेको छ।
विगत १७ वर्षदेखि सञ्चालनमा रहेको हिलटप जुनार बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाका लागि रिक्त रहेका विभिन्न ६ विधाका पदहरुमा १३ जना कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन माग गरेको हो।
माग गरिएका पदहरूमा प्रबन्धक (तह ८) १ जना, अधिकृत (तह ६) १ जना, वरिष्ठ सहायक (तह ५) ३ जना, सहायक (तह ४) ६ जना, सुरक्षा गार्ड (तह २) १ जना र कार्यालय परिचर (तह १) १ जना रहेका छन्। प्रबन्धक र अधिकृत पदका लागि वाणिज्य शास्त्र वा अर्थशास्त्रमा क्रमशः स्नातकोत्तर र स्नातक उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कार्य अनुभव र मोटरसाइकल लाइसेन्स अनिवार्य गरिएको छ। वरिष्ठ सहायक र सहायक पदका लागि क्रमशः १२ कक्षा र एसईई उत्तीर्ण भई सम्बन्धित विभागमा कार्य अनुभव र मोटरसाइकल लाइसेन्स आवश्यक पर्नेछ। सुरक्षा गार्ड र कार्यालय परिचरका लागि सामान्य लेखपढ गर्न जान्ने र १ वर्षको अनुभव माग गरिएको छ।
न्यूनतम तलबको हकमा प्रबन्धकका लागि ४१,०००, अधिकृतका लागि ३७,०००, वरिष्ठ सहायकका लागि २७,०००, सहायकका लागि २४,०००, सुरक्षा गार्डका लागि २०,००० र कार्यालय परिचरका लागि १९,६०० रुपैयाँ तोकिएको छ।
इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा (डिजिटल पासपोर्ट फोटो सहित), नागरिकता, शैक्षिक योग्यता र अनुभवका कागजातहरू स्पष्ट बुझिने गरी स्क्यान गरेर संस्थाको आधिकारिक इमेल [email protected] मा पठाउनुपर्नेछ। प्राप्त आवेदनहरूमध्ये छनोटमा परेका उम्मेदवारहरूलाई मात्र थप प्रक्रियामा समावेश गरिने संस्थाले जनाएको छ।
थप सुचनामा:


