नेशनल लाईफ इन्स्योरेन्समा मार्केटिंग अधिकृत पदमा जागिर खुल्यो, +२ पास भएकाले आवेदन दिन पाउने

feature 1787034153138 https://bajarkochirfar.com/private-job/national-life-insurance-has-opened-a-job-opening-for-the-post-of-marketing-officer-2-pass-candidates-are-eligible-to-apply/ | %tags
Recruitment Summary
CompanyPrivate Company

■ विज्ञापन सम्बन्धी संक्षिप्त विवरण (Job Summary)

◆ कम्पनीको नाम (Company Name):National Life Insurance Company Limited
◆ पद (Position / Title):Marketing Officer
◆ रिक्त संख्या (Vacancies):Not specified
◆ आवेदन खुल्ने मिति (Open Date):Immediate
◆ आवेदन दिने अन्तिम मिति (Close Date):७ दिनभित्र

◆ संक्षिप्त जानकारी (Summary):

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रुकुम र थारमारे क्षेत्रका लागि मार्केटिंग अधिकृत पदमा कर्मचारी माग गरेको छ।

नेसनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यक्षेत्र विस्तार र सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘मार्केटिंग अधिकृत’ पदका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको छ। इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो पूर्ण व्यक्तिगत विवरण (बायोडाटा) सहित आवेदन दिनुपर्नेछ।

यस पदका लागि कार्य क्षेत्र रुकुम र थारमारे तोकिएको छ। शैक्षिक योग्यताको हकमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण वा प्रवीणता प्रमाणपत्र (१०+२) तह पुरा गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित कार्यक्षेत्रमा अनुभव भएका उम्मेदवारहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।

छनोट भएका कर्मचारीको मुख्य जिम्मेवारी कम्पनीका बीमा योजनाहरूको प्रचार-प्रसार तथा बजारीकरण गर्ने, व्यवसाय प्रवर्द्धनका लागि आवश्यक कार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने र निर्धारित जीवन बीमा व्यवसाय लक्ष्य हासिल गर्नु रहनेछ। कर्मचारीको तलब, भत्ता तथा अन्य सुविधाहरू कम्पनीको नियमानुसार हुने जानकारी दिइएको छ।

आवेदन दिँदा सम्पर्क फोन नम्बर र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। प्राप्त भएका आवेदनहरू मध्येबाट उपयुक्त छनोट भएका उम्मेदवारहरूलाई मात्र अन्तर्वार्ताका लागि सम्पर्क गरिने कम्पनीले जनाएको छ। थप जानकारीका लागि कम्पनीको प्रादेशिक कार्यालय कर्णाली वा सुर्खेत कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

थप सुचनामा:

नेशनल लाईफ इन्स्योरेन्सद्वारा मार्केटिंग अधिकृत पदका लागि दरखास्त आह्वान

Related Opportunities

Organization

हिलटप जुनार बहुउदेश्यीय सहकारी संस्थामा विभिन्न १३ पदमा जागिर खुल्यो, तलब कति ?

Deadline : Refer to Notice
View Details →

Organization

काठमाडौं महानगरपालिकाद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापक पदमा दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

एशियन लाईफ इन्स्योरेन्सद्वारा काठमाडौं उपत्यकाका लागि कर्मचारी माग

Deadline : Refer to Notice
View Details →

Organization

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा प्रमुख कार्यकारी अधिकृत (CEO) पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →

Organization

टेलिडाइरेक्ट प्रालिद्वारा विभिन्न ४ पदका लागि कर्मचारीको माग

Deadline : Refer to Notice
View Details →

Organization

डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) द्वारा कन्टेन्ट क्रिएटर पदका लागि दरखास्त आह्वान

Deadline : Refer to Notice
View Details →
होमपेजबिज शर्ट्स